समाचार

‘बलि दिन’लैजादै गरेकी किशोरी यसरि फुत्किईन

घटना–१ : सप्तरीको दौलतपुर–३ की एक किशोरीलाई बुधबार सशस्त्र प्रहरीले सीमा नाकाबाट उद्धार ग¥यो। किशोरीलाई भारतमा बलि चढाउनका लागि मानव तस्कर गिरोहले सुनसरीको कोसी–३ भन्टाबारी हुँदै सीमा कटाउन लाग्दा प्रहरीले बचाउन सफल भएको हो। उनलाई प्रलोभनमा पारी फकाएर भारत लैजाँदै गरेका एक युवतीसहित तीनजनालाई प्रहरी पक्राउ गरेको छ।

घटना–२ : बलि दिनकै लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा असोज ५ गते सुनसरीको रामधुनी–५ की १७ वर्षीया किशोरीलाई भारतीय सीमाबाट प्रहरीले उद्धार ग¥यो। विराटनगर–१७ इस्लामपुरको बाटो हुँदै उनलाई एक गिरोहले बिक्री गर्न भारत लैजाँदै थियो।

उनलाई लैजाने युवकमाथि शंका लागेपछि उनले गाडीबाट हामफालेर आफूलाई बचाएकी थिइन्। त्यसपछि उनी साना हातहरू नामक संस्थाको सहारामा प्रहरीसम्म पुगिन्। उक्त घटनामा संलग्न तीन जनालाई प्रहरीले कारबाही थालेको छ।

घटना–३ : काठमाडौंकी एक युवतीलाई मोडलिङका लागि भारत जानुपर्ने भन्दै एक समूहले २०७६ पुस महिनामा विराटनगर बोलायो। उनलाई जोगबनी नाका हुँदै बलि दिनकै लागि भारत लैजान खोज्ने ७ जना प्रहरीको फन्दामा परे। काठमाडौंको नयाँ बानेश्वरमा फेसन हाउस सञ्चालन गर्दै आएकी महिलाले मोडलिङका लागि ६ फिट हाइट भएकी युवती चाहिएको भन्दै उनीसँग कुरा गरेकी थिइन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् ।

प्रदेश–१ को सीमा क्षेत्र प्रयोग गरी भारतमा बलि दिनका लागि युवती लैजाँदै गरेको समयमा उद्धार गरिएका र फुत्किएका यी तीन प्रतिनिधि घटना हुन्। यी घटना युवती फुत्किएपछि र घटनामा संलग्न पक्राउ भएपछि सार्वजनिक भए। भारतमा ठूला विकास निर्माणका काम सुरु गर्दा युवतीको बलि दिनुपर्छ भन्ने अन्धविश्वास रहेकाले ठूलो मोलमोलाइ गरी लैजाने गरिएको प्रहरी अनुसन्धानले देखाएको छ।

माथि उल्लिखित २ घटनाका विषयमा अध्ययन तथा अनुसन्धान गरिरहेका मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का भन्छन्, ‘नेपालका युवतीलाई विभिन्न प्रलोभनमा पारेर ठूलो रकमको मोलमोलाइ गरी भारत पुर्‍याउने घटना भइरहेको यस्ता घटनाबाट पुष्टि हुन्छ। सीमा सिल भएको समयमा त यस्तो छ, अन्य समयमा कस्तो होला ?’

यस्ता अधिकांश घटनामा भारतीय ठेकेदारसँग नेपालबाट बलि दिनका लागि युवती, किशोरी ल्याइदिन मानव तस्करी गर्ने गिरोहले डिल गर्ने गरेको पाइएको छ। भारतमा पनि नेपाली चेली बिक्री गर्ने समूह रहेको प्रहरीको भनाइ छ।

Related Articles

Back to top button
Close