बिहिबार ०७ आश्विन २०७८

पछिल्लो समय काठमाडौ उपत्यका लगायत मुलुकका विभिन्न जिल्लामा फेरी संक्रमित बढ्न थालेका छन् । काठमाडौको अस्पतालहरुका वेड संक्रमितले भरिन थालेका छन् । एक सातादेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका बेड कोरोना संक्रमितले भरिएको चिकित्सकहरुले बताएका छन्। टेकु स्थित अस्पतालमा संक्रमितका लागि ४० वेड छुट्याइएको छ । ति सबै वेड संक्रमितले भरिएका छन् ।

अस्पतालका निर्देशक अनुप वास्तोलाका अनुसार २४ बेडको आइसियू कक्षमा २३ जना जटिल अवस्थाका संक्रमितको उपचार भइरहेको छ। जसमा २० भन्दा बढी बिरामीलाई भेन्टिलेटरको सहायता दिनु परेको छ ।

उनका अनुसार अस्पतालमा संक्रमितको चाप एक सातादेखि बढेको हो। त्यसअघि भने अस्पतालमा जम्मा ३५ देखि ४० जना संक्रमित उपचाररत् थिए। अहिले ७० बढी संक्रमितको उपचार भइरहेको छ । एक सातायता संक्रमितको संख्या झन्डै दोब्बरले वृद्धि भएको भन्दै यसले तेस्रो लहर प्रवेशको संकेत गरेको बताए।

अस्पताल संक्रमितले भरिन थालेपछि जिल्ला प्रशासन कार्यालयले पनि सतर्कता अपनाउन आग्रह गर्दै विज्ञप्ती जारी गरेको छ । दिनहुँ महामारीको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सभा, सम्मेलन, धर्ना, जुलुस र र्‍याली लगायतका भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । मंगलवार सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । पछिल्लो समय काठमाडौ उपत्यका लगायत मुलुकका विभिन्न जिल्लामा कोभिडको नयाँ भेरियन्टका संक्रमित थपिन थालेका छन्

११४ पटक हेरिएको

तपाईको प्रतिक्रिया