समाचार

लाख पुगेको सुनको मूल्य सोच्नै नसकिने गरि आज पनि ह्वात्तै घट्यो,हेर्नुहोस कति पुग्यो तोलामा

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ९४ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी विहिबार चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको ११ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि: प्रहरीले वीरगञ्ज ५ कुम्हालटोल स्थित रेल्वे रोडमा रहेको देव पार्टी प्यालेसमा नक्कली प्रहरी निरीक्षक बनि लोक सेवा आयोगको परीक्षा लिइरहेको अवस्थामा बुधबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोलका वर्ष २९ का अजय कुमार राय रहेका छन् ।

पर्सा, बारा र सर्लाहीका २१ जना युवकलाई सरकारी जागिर लगाइदिन्छु भनि प्रलोभन देखाइ ठगि गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेपनि प्रारम्भिक अनुसन्धान पश्चात आज बिहान जिल्ला प्रहरी कार्यालयको प्रारङ्गनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।प्रहरी निरीक्षकको पोशाकमा रहेका अजयलाई पत्रकार सम्मेलनमा उभ्याउँदा पत्रकार सम्मेलनमा सहभागि सञ्चारकर्मीहरु एकछिन अल्मलाउँदै कुन सक्कली र कुन नक्कली प्रहरी निरीक्षक हुन भन्ने छुट्याउँन नै गाह्रो भए ।

उनीसँगै दुईजना अझै प्रहरी निरिक्षक पोशाकमै रहेका थिए ।उनको हातमा हतकडी लगाएर एक्लै उभ्याएपछि मात्र नक्कली प्रहरी भनेर छुट्याएको थियो । पक्राउ परेका नक्कली प्रहरी निरीक्षक राय विगत ९ महिना देखि वीरगञ्जमा ठगि धन्धाको सञ्जाल बुन्दै आएका थिए । देव पार्टी प्यालेसमा रुम बुक गरेर उनी ठगि धन्धाको सञ्जाल बुन्दै आएका हुन् ।

आफू प्रहरी निरीक्षक हुँ भनि प्रहरी सहायक निरिक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको पदमा पास गराई दिन्छु भनि २१ जना विद्यार्थीबाट ३ लाख ६१ हजार ठगि गरिसकेका छन् । बुधबार यी पदका लागि २ युवतीसहित २१ जना विद्यार्थीसँग लोक सेवा आयोगको परीक्षा लिइरहेको अवस्थामा प्रहरीले रंगेहात उनलाई पक्राउ गरेको थियो ।

Related Articles

Back to top button
Close