बुधबार ०६ आश्विन २०७८

काठमाडौँ । २०७७ सालको एसईईको नतिजा शुक्रवार आउने कुराले विद्यार्थीहरु पर्खाइमा थिए । तर शुक्रवार नतिजा प्रकाशन हुन सकेन । राष्ट्रिय परिक्षा वोर्डले सोमबारसम्म प्रकाशित हुने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले २५ साउनमा नतिजा प्रकाशित गरिसक्ने जानकारी दिए ।

बोर्डले शुक्रवार नतिजा प्रकाशित गर्ने कार्यक्रम रहे पनि विगतमा जस्तै केही विद्यालयले अस्वाभाविक नतिजा प्रदान गरेको पाइएपछि परीक्षा नतिजा रोकिएको बुझिएको छ ।

बिहीबार बोर्ड र परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीसहितको भर्चुअल बैठक बसेको र त्यसमा केही विद्यालयको नतिजा अस्वाभाविक पाएपछि नतिजा प्रकाशन ढिलो भएको बोर्डका एक अधिकारीले बताए । अस्वभाविक नतिजा आएका स्कूलका संचालकलाई बोलाएर त्यसवारे जानकारी लिने भएको छ । नतिजा पुन सच्याउनुपर्ने पनि हुनसक्ने भएकाले ढिलाई भएको हो ।

बोर्डको यो वर्षको परीक्षाका लागि तयार गरेको कार्यविधिमा ८० भन्दा बढी अंक दिनुपरेमा सो को कैफियतमा खुलाउनुपर्ने नयाँ व्यवस्था छ । उक्त नियम पालना नगरी ८० अंक भन्दा बढी अंक दिएको पाइएपछि नजिता प्रकाशन रोकेर त्यसवारे बुझ्न थालिएको हो ।

८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया