समाचार

वरिष्ठ क्याप्टेन विजय लामा कोरोना संक्रमणमुक्त

काठमाडौँ। नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा कोरोनाभाइरस संक्रमणमुक्त भएका छन्। लामाले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत आफू कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका हुन् ।

सामाजिक संजाल फेसबुक मार्फत उनले आफूले कोरोना जित्नुमा सम्पूर्ण स्वास्थ्यकर्मी तथा आफ्ना प्रशंसकहरुको हात रहेको उल्लेख गरेका छन्।

उनले फेसबुकमा लेखे, ’कोरोनामुक्त हुन म सफल भएको छु, अन्ततः अस्पतालबाट बहिरिँदा धेरै राम्रो लागेको छ। कोरोनासँगको लडाइँमा मैले एक दिन पनि हार मानिन, सम्पूर्ण दुःख र पीडाको बावजुद मैले प्रत्येक दिन कोरोनासँग लडिरहे र यसलाई हराइरहे ।’

गत भदौ २९ गते सोमबार उनलाई कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । संक्रमित भएपछि उनले ललितपुरको स्टार अस्पतालको आइसोलेसनमा बसेका थिए ।

COVID-19….I beat you!! Good to be out of the Hospital finally!! Never did I once give up…I kept fighting and I…

Gepostet von Vijay Lama am Donnerstag, 1. Oktober 2020

Related Articles

Back to top button
Close