भिडियो

लाइभ स्टुडियोमा गीत गाउँदै पुण्य, कहिले आउँछ उनको गीतको एल्बम ? (भिडियो हेर्नुस्)

काठमाडौ । आफुलाई सामाजिक अभियन्ताका रुपमा चिनाउने पुण्य गौतम सामाजिक सञ्जालमा छाइरहने नाम हो । उनी कुनै न कुनै विषयमा सामाजिक सञ्जालमा छाइरहन्छन् । कहिले नितान्त ब्यक्तिगत र पारिवारिक विषयमा धारणा सार्वजनिक गर्छन भने कहिले सामाजिक विषयमा नारावाजी गर्न माइतीघर मण्डला पुग्छन् ।

नेकपाको कार्यकर्ता समेत बताउने गौतम कहिले सरकारले नै गरेको कामका विरुद्ध नारावाजी गर्दै गरेका पनि भेटिन्छन् । हालै उनी कुलमान सिसिगंलाई नेपाल विद्युत प्राधिकरणमा पुन नियुक्त गर्र्नुपर्छ भन्दै माग राखेर माइतीघर मण्डलामा नारावाजी गर्न पुगेका थिए ।

उनलाई प्रहरीले पक्राउ गरेको दृष्य पनि निकै भाइरल भएको थियो । पुण्यलाई प्रहरीले बोकेर हिडाएको र उनले म बेहुला हो र ? भन्दै गरेको टिप्पणी निकै भाइरल भएको थियो । युट्युवमा पैसा कमाउनकै लागि पुण्यलाई विभिन्न विषयमा धारणा राख्न उक्साउनेहरुको पनि समुह छ ।

उनलाई नै बोल्न लगाएर युट्युव चलाउनेहरु पनि केही समुह छ । हालै एउटा गीत रेकर्ड गर्ने स्टुडियोमा पुगेका पुण्यका बारेमा पनि भिडियो सार्वजनिक भएको छ । उनले स्टुडियामो गीत कसरी रेकर्ड हुनछ ? भन्ने वारेमा जानकारी लिएका छन् ।

उनलाई केही युट्युवरहरुले गीत समेत गाउन लगाएका छन् । उनले पनि नारायण गोपालको गीत जानीनजानी गाउने प्रयास गरेका छन् । श्वर र क्षमता भएर पनि रकम अभावमा गीत रेकर्ड गर्न नसकेकाहरुलाई मध्यनजर राखेर संचालन गरिएको भनिएको स्टुडियोमा उनले गरेका कृयाकलाप समेटेर सार्वजनिक भएको भिडियो पनि चर्चित भएको छ ।

Related Articles

Back to top button
Close