समाचार

प्रेममा असफल भए पछि एक जोडीले गरे देह त्याग

काठमाडौ । एक अर्कालाई प्रेम गर्छन भन्ने थाहा पाउँदा पाउँदै पनि परिवारले युवकलाई अर्कै केटीसंग विवाह गरिदिएपछि एक जोडीले देह त्याग गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–१ उमरीमा एक जोडीले देह त्याग गरेका हुन् ।

उनीहरुको एक वर्ष देखि प्रेम थियो । तर परिवारका सदस्यले उनीहरुको प्रेम स्वीकार गरेनन् । युवकको अर्कै केटीसंग विवाह गरिदिए । विवाह पछि पनि युवकले प्रेमिकालाई छो ड् न सकेनन् । परिवारले आफुहरुको प्रेम स्वीकार नगरेपछि निरास भएका जोडीले यस्तो वाटो अपनाएका हुन् । सोमवार राति उनीहरु निधन भएको अवस्थामा फेला परेका छन् ।

२३ वर्षीय रामदेव थारु र २० वर्षीया बिष्णु थारु आपको रुखमा झु ण्डि ए को अवस्थामा फेला परेको वडा प्रहरी कायालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए। विष्णुसंग विवाह गर्न भन्दै रामदेव उनको घरमा हात माग्न गएका थिए । तर केटीका परिवारले स्वीकृति दिएनन् । यता केटाको परिवारले पनि रामदेवको अर्कै युवतीसंग विवाह गरिदिए ।

बुद्धुभमी नगरपालिकाकी एक युवतीसंग विवाह भएपछि पनि रामदेव र विष्णु एक अर्कासंग नजिक भइरहे । विवाह भएको केही महिनामै रामदेवले विष्णुलाई पनि घरमै ल्याएका थिए । त्यसपछि थप समस्या उत्पन्न भयो । उनीहरु दुवैलाई प्रहरी कार्यालय लगियो ।

श्रीमतीलाई घरमा आफुसंग राख्ने र प्रेमिकालाई माइत फिर्ता पठाउने सहमति प्रहरी कार्यालयमा गराइयो । शनिवार प्रहरी कार्यालयमा यस्तो सहमति गराइए पछि निरास भएका उनीहरुले भेट गरेर यस्तो निर्णय गरेका हुन् । देह त्याग गर्नु अघि उनीहरुले आफ्नो आफ्नो वुवालाई अन्तिम पटक फोन गरेका थिए ।

Related Articles

Back to top button
Close