समाचार

झन् बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज बुधबार पनिअमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४७ पैसा तोकेको छ। हिजो १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३५ पैसा रहेको थियो।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३७ रुपैयाँ ६९ पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ ३९ पैसा छ।त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ७६ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ५३ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

Related Articles

Back to top button
Close