मंगलबार १२ आश्विन २०७८

काठमाडौं // पाँचथरको प्रङबुङ गाविसमा दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि जारी छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ, वैदेशिक रोजगारीका लागि श्रीमान विदेशिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै स्थानीयले अर्काकी श्रीमती लैजानेलाई ५ लाख भन्दा माथी जरिवाना तिर्नु पर्ने नियम बनाए ।

अर्काकी श्रीमती लानेलाई तत्काल सभा बसेर स्थानीयले ५ लाख रुपैयाँ तिराउँछन् । सो रकम पीडित श्रीमानका लागि रहात हुने स्थानीयको भनाई छ । तर पछिल्लो समय यस्ता नियमले समेत समस्याको समाधान गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयमा गत वर्ष दर्ता भएका मध्ये आधाजसो मुद्दा श्रीमान श्रीमतीबीचको बेमेलसँग सम्बन्धित छ । २० वटा सोही प्रकृतिका मुद्दामध्ये ९ मा श्रीमान विदेशिएपछि असमझदारी देखिएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ । हेर्नुस् ?️ यो भिडियो सहित समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला र पूरा भिडियो हेर्नुहोला

४१० पटक हेरिएको

तपाईको प्रतिक्रिया