समाचारस्वास्थ्य

अब मात्र ५८८ नेपाली रुपैयाँ शुल्कमा १५ देखि ३० मिनेट भित्र कोरोना परीक्षणको नतिजा आउने

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसले अहिलेसम्म १० लाख भन्दा धेरैको ज्यान लिइसकेको छ । यो बीचमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोरोना भाइरस संक्रमण पहिचानका लागि छिटाछरितो र सर्वसुलभ तरिकाबाट परीक्षण गरिने बताएको छ ।

डब्लूएचओका अनुसार न्यून र मध्यम आय भएका मुलुकहरुमा कम शुल्क र छिटो परीक्षण गरी कोरोना भाइरस संक्रमितको पहिचान गरिने भएको छ । यो परीक्षणका लागि ५ अमेरिकी डलर ( ५८८ नेपाली रुपैयाँ) लाग्ने र १५ देखि ३० मिनेटमा परीक्षणको नतिजा आउने बताइएको छ ।

सोमबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओले दिएको जानकारीअनुसार ६ महिनाभित्र एन्टिजेनमा आधारित १२ करोड ‘र्यापिड डायग्नोस्टिक टेस्ट’ गरिनेछ । यो परीक्षण ग–र्भ परीक्षण जस्तै हुने बताइएको छ ।

टेस्ट किटमा दुई वटा निलो धर्सा देखिए कोरोना पोजिटिभ भएको मानिने पनि डब्लूएचओले बताएको छ । यो परीक्षण चिकित्सक र प्रयोगशाला कम भएका देशहरुमा प्रभावकारी हुने बताइएको छ ।

Related Articles

Back to top button
Close