मंगलबार १२ आश्विन २०७८

रामेछाप । रामेछापको सदरमुकाम मन्थली नै डुबानमा पर्ने गरी अध्ययन भइरहेको करिब एक हजार मेगावाटको सुनकोसी–२ जलाशययुक्त जलविद्युत आयोजनाले बस्ती डुबाउने भन्दै माझी समुदाय विरोध सुरु गरेका छन्। जलविद्युत आयो जना निर्माणको लागि आइतवार सदरमुकाम मन्थलीमा राखिएको सार्वजनिक सुनुवाई कार्यक्रम माझी समुदायको विरोधको कारण सुरु नै नभई स्थगित भएको छ ।

बागमती प्रदेशका सांसद रिता माझीको नेतृत्वमा मन्थलीमा भेला भएका माझी समुदायले आयोजनाको विरो’ध गर्दै नारावाजी गरेका थिए । आयोजना निर्माण भएको अवस्थामा माझी समुदायको घरवास मात्र होइन संस्कृति समेत लोभ हुने भन्दै आयोजना निर्माण प्रति आपत्ति जनाएका हुन् । रामेछापको हात्तीटार, गढवारी, गाईखुरा, भटौल्ी लगायतका गाउँबाट मन्थली आइपुगेका माझी समुदायले मन्थली बजारमा प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

माझी समुदायले आफ्नो भाषा,धर्म, संस्कार, संस्कृति र परम्परालाई पैसामा तुलना गर्न नसकिने बताउदै कुनै पनि हालतमा आयोजना निर्माण गर्न नहुने माग गरेका थिए। आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन बारेमा नागरिकको सल्लाह सुझाव र प्रतिक्रिया लिन मन्थलीमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्न लागेको थियो ।

११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया