मंगलबार १२ आश्विन २०७८

काठमाडौं : रौतहटको माधवनारायण नगरपालिका-४ स्थित विसुनपूर्वामा दुई समूहबीच भएको झ ड’पमा १९ जना घा’इते भएका छन्। स्थानीय श्री माध्यमिक विद्यालयमा विद्यार्थी भर्नाको विषयलाई विद्यालय पक्ष र भर्ना गराउन आएका अभि भावक पक्षबीच आइतबार दिउँसो वि’वाद हुँदा भएको झ ड’पमा १९ जना घा’इते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका सदस्य पक्षका ८ र अभिभावक पक्षका ११ जना घा’इते भएका हुन्। घा’इते मध्ये एक जनालाई काठमाडौं रिफर गरिएको छ भने दुई जनाको वीरगञ्जस्थित तराई हस्पिटलमा उपचार भइरहेको छ। बाँकी घा’इतेहरूको अवस्था समान्य रहेको गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए । उनका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मृ,त्यु भएपछि नयाँ समिति चयन गर्नुअघि विद्यार्थी भर्ना गर्न पुगेका अभिभावक रामकलेश्वर मुखिया र प्रधानाध्यपक राजेश राय यादव बीच वि’वाद भएको थियो।

‘विद्यालय सञ्चालान नगरे पनि खोल्ने, विद्यार्थी भर्ना गर्ने निर्णय भएको थियो। त्यसैबीचमा केही अभिभावकले आफ्नो बच्चालाई भर्ना गराउन फर्म भरेर लिएर आएका थिए,’ उनले भने, ‘तर कुनै फारममा फोटो नमिलेको, अभिभावकको सही नभएको भनेर प्रधाना ध्यापकले भर्ना लिन नमानेपछि वि’वाद भएको थियो।’

२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया