बुधबार ०६ आश्विन २०७८

काठमाडौं : बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भूतपूर्व गोर्खाहरुको रिले अन’सन आइतबार ११ औं दिन पुगेको छ।समान पेन्सन लगायत अधिकारको माग गर्दै आ’न्दोलनरत समितिले लन्डनस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि रिले अन शन गरिरहेको छ ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले १३ जना भिसीको नाममा गरेको १३ दिने रिले अनसन अन्तर्गत उक्त दवावमुलक अभियानमा ब्रिटिश भेट्रान्सहरुले साथ दिए पनि सरकारले भने वेवास्ता गरेको छ । ‘अब हामी अगस्त ७ देखि भोक ह’ड्तालमा जाने तयारीमा छौं’ समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले भने-‘ भोक हड्तालमा बस्न राजी हुनु भएकी पुष्पा राणा घले नेपालबाट आएर अहिले होटेल क्वारेन्टिनमा हुनुहुन्छ । उहां निस्किएपछि कार्यक्रम अगाडि बढ्छ ।’

घलेसहित गोर्खा अभियन्ताहरु ज्ञानराज राई र धन गुरुङले आमरण अनसनमा बस्ने घोषणा गरिसकेका छन् । यस अघि बेलायतले भोक ह’ड्ताल तो’डन् व्यापक दवाव दिएको बताइएको थियो। भूतपूर्व गोर्खाहरुले बेलायती प्रधानमन्त्री कार्यालय अगाडि शनिबार पनि व्यापक प्रदर्शन गरेका छन्। ब्रिटिश भेट्रान्सहरु सहितको समूहले प्रदर्शन गरेको हो । खसोखासबाट

१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया