समाचार

प्याजको मुल्य नसोच्ने गरी ह्वात्तै घट्यो,किन्नेको भीड।

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथली विक्री कक्षबाट सर्वसाधारणलाई प्रतिकेजी ६० रुपैयाँमा प्याज विक्रीवितरण गर्न सुरू गरेको छ ।बजार अनुगमनका क्रममा नियन्त्रणमा लिइएको १४ हजार ६०० केजी प्याज सर्बसाधारणलाई गत शुक्रबारदेखि बेच्न सुरू गरेको हो ।

प्याज किन्नको लागि बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म समय तोकिएको छ । एक जनाले तीन किलोसम्म किन्न पाउने खाद्यले जनाएको छ। प्याज किन्नको लागि सर्वसाधारणको लाइन आजसम्म पनि जारी रहेको छ ।केही दिनअघि उपत्यकामा प्याजको मूल्य १२० रूपैयाँसम्म पुगेको थियो । बजारमा प्याजको मुल्य बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन तिब्र बनाउदै महँगोमा बिक्रि गर्न लागेको प्याज जफत गरेको थियो ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Related Articles

Back to top button
Close