बिहिबार ०७ आश्विन २०७८

काठमाडौ । सप्तरीको प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आइतवार सांझ मन्दीरको मुकुट चोरी भएको थियो । प्रहरीले मुकुट सहित गरगहना चोरी गर्ने एक जना पक्राउ गरेको हो ।

विष्णुपुर गाउँपालिका वडा नम्बर ५ का राजेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ करिब ७ बजे छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता (शखरेश्वरी) भगवतीको चाँदीको मुकुट, नथिया र टीका चोरी भएको थियो। मन्दीरका पुजारी सरसफाइमा ब्यस्त भएको बेलामा मन्दीरवाट मुकुट लगायतका गहना चोरी भएको थियो ।

खोजतलास गर्ने क्रममा गाउँमा लुकेर बसेको अवस्थामा चोरी गरेको ७ सय ५० ग्राम २ आना चाँदीको मुकुट, २ आना सुनको नथिया र ३ आना सुनको टीकासहित मण्डललाई पक्राउ गरिएको सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया