समाचार

काठमाडौं उपत्यकामा खतरा बढ्दै, आज मात्रै यती धेरै संक्रमित थपिए

काठमाडौं, १३ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ३४ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ७ सय ४७ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय १४ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ७३ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या २३ हजार २ सय ३० पुगेको छ । यसमध्ये काठमाडौमा १८ हजार ८ सय ७७, ललितपुरमा २ हजार ३ सय ४६ जना र भक्तपुरमा २ हजार ३७ जना संक्रमित छन् ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Related Articles

Back to top button
Close