समाचार

चर्चित बलिउड कलाकार सोनु सुदले गरिदिए ट्यु*म*रपी*डित बालिकाको अ*परे*शन

एजेन्सी-चर्चित बलिउड कलाकार सोनु सुदले ट्युमरपीडित बालिकाको अपरेशन गराइदिएका छन् ।उनले बिहारकी एक बालिकाको ट्युमरको अपरेशन गर्ने व्यवस्था मिलाएर फेरी एक पटक सबैको मन जित्न सफल भएका छन् ।यस अघि पटक सामाजिक कार्य गर्दै आएका सुदको यसपटकको पनि उनको यो कामले सबैको मन छोएको छ । बिहारमा रहेकी दिव्या ट्युमरबाट पीडित थिइन् ।

उनकी दिदी नेहाले सामाजिक सञ्जालमार्फत अभिनेतालाई ट्याग गरेर सहयोग मागेकी थिइन् ।उनले लेखेकी थिइन्, बहिनीको हालत खराब छ, सर्जरी गराउनुपर्ने देखिएको छ । लकडाउनका कारण दिव्याको उपचार हुन सकिरहेको थिएन । उनले सोनूसँग दिव्याको उपचारका लागि सहयोग गर्न मद्दत मागेपछिसाने लु सहयोगको बचन दिएका थिए ।

उनले लेखेका थिए तपाईंकी बहिनी मेरी पनि बहिनी हुन् । एक अस्पतालमा व्यवस्था गरिएको छ, अब उनको स्वास्थ्यको ख्याल गर्ने मेरो जिम्मेवारी हो ।सोनूको पहलमा एम्स ऋषिकेशमा दिव्याको सफलतापूर्वक उपचार गरिएको छ । सोनुको यो कार्यले फ्यानले उनलाई धन्यबाद दिएका छन् । । लकडाउनका दौरान उनले प्रवासी मजदुरलाई उनको घरसम्म जाने व्यवस्था मिलाएका थिए ।

Related Articles

Back to top button
Close