मंगलबार १२ आश्विन २०७८

सिन्धुपाल्चोक । असार १ गते मेलम्चीमा बाढी आएको भोलि पल्टदेखि नै हेलम्बु गाउँ पालिकाको चनौटेमा रहेको रातो पुल धेरैको चर्चामा रह्यो । पुल जोगाउने ‘अभियान’मा धेरै व्यक्ति त्यहाँ पुगे । ग्याभिन जालीमा ढुंगा हालेको तस्बिरहरुले सामाजिक सञ्जाल भरियो । बाढी गएलगतै नेपाली सेनाको अगुवाईमा रातो पुल संरक्षणका लागि तार जाली भर्न सुरु भएको थियो ।

शनिबार साँझदेखि आएको बाढीका कारण सोही बेलीब्रिज बगाएको छ र हेलम्बु गाउँपालिकाका अधिकांश वडालाई सडक सम्पर्कबाट बन्चित गराइदिएको छ । स्थानीयको तर्फबाट हस्त पण्डितको अगुवाईमा रातो पुल संरक्षणका लागि दैनिक रुपमा पहल प्रयत्न भए का थिए । तर जोखिममा रहेको डेढ महिनासम्म सरकारी प्रयत्न नभएका कारण ठूलो क्षति भएको एमाले नेतासमेत रहेका पण्डितले बताए ।

प्राविधिक ज्ञान बिनानै हामीले गर्ने पहल प्रयत्न सबै गरेका थियौं, रातो पुल र चनौटे बजार जोगाउन हामीले करिब ५० लाख रुपैयाँ खर्च भयो,’ पण्डितले भने, ‘तर तीनै तहको सरकारबाट अहिले सम्म केही भएन ।’ एक साता अघि मात्रै वागमती प्रदेशका मन्त्री रामेश्वर फुयालले रातो पुल जोगाउनका लागि प्रदेशबाट जस्तो सहयोग गर्न पनि तयार रहेको जानकारी आफुहरुलाई आएको पण्डितले बताए ।

अहिलेसम्म सासंद शेर बहादुर तामाङबाट १० लाख बाहेक स्थानीय, प्रदेश र केन्द्रीय सरकारबाट सहयोग प्राप्त नभएको पण्डितले गुनासो गरे । ‘प्रदेश मातहात रहेको पूर्वाधार कार्यालयबाट आइतबार (आज) मात्रै प्राविधिकहरु पुलको स्टीमेट गर्न आउने जानकारी आएको थियो, अब पुल नै रहेन,’ पण्डितले निराश हुँदै भने, ‘अब हेलम्बु क्षेत्र अन्धकार भयो ।’

सरकारी संयन्त्रको ढिलासुस्तीको कारण पनि पुल जोगाउन नसकिएको आरो’प बताए । बाढीलगतै वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोलीले पुल क्षेत्रको स्थलगत निरीक्षण गरेर बजार र पुल जोगाउन जस्तो सुकै सहयोग गर्न पनि आफुहरु तयार रहेको बताएको डेढ महिना सम्म पनि प्रदेश सरकारले समेत केही नगरेको स्थानीयको भनाई छ । मेलम्ची खोलाले धार परिवर्तन गर्दा अहिले चनौटे बजारमै बगेको छ ।

१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया