भिडियोसमाचार

गौरादह अनौठो घटना ! श्रीमान घर आउँदा श्रीमतीको शव खाट मुनी फेला, लैलाले गर्दैछ अनुसन्धान (भिडियो हेर्नुस्) (भिडियो हेर्नुस्)

गौरादह। झापाको गौरादहमा सोमबार आफ्नै घरमा रहस्यमय ढंगले ज्यान गुमाएकी ६५ वर्षीया पार्वता भनिने मनमाया भण्डारीको घटना थप रहस्यमयी बनेको छ । प्रहरीले फरक ढंगले अनुसन्धान सुरु गरेको छ । घरमा लुगा धोएर सुकाएका चिसो अवस्थामा लुगा पनि भेटेपछि प्रहरीले घटना फरक ढंगले अनुसन्धान थालेको हो । घटनाको विषयमा अहिले प्रहरीले पार्वताको श्रीमानसँग सोधपुछ गरिरहेको प्रहरी श्रोतले बताएको छ । उनको कसैले ज्यान लिएको निष्कर्ष सहित अनुसन्धान थालेको प्रहरीले वास्तविकता नजिक पुगेको जनाएको छ ।

सोमबार दिउँसो भण्डारीको शव पछाडी हात बाँ धे र खाटमुनी राखिएको अबस्थामा भेटिएको थियो । गौरादह नगरपालिका वडा नम्बर १ स्थित गौरादह बजारबाट करिब २ सय मिटर पुर्व ति महिलालाई आफ्नै घरभित्र निधन भएको अवस्थामा भेटिएको थियो । श्रीमान भीम भण्डारीसँग विहान ११ वजेतिर कमल गाउँपालिका १ ढ्यांग्रीको घरबाट त्यहा आएको र श्रीमान अन्यत्रै गएको अबस्थामा उनको निधन भएको भनि प्रहरीमा खबर भएको थियो । श्रीमान दिउँसो साँढे ४ बजेतिर आएपछि घटना बाहिर आएको थियो ।

त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो । महिलाको टाउकोमा पनि चो ट लागेको र र ग त ल त प ति एको अबस्थामा देखिएको गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाहाले बताउनु भयो । घटनाको प्रकृति हेरेपछि प्रहरीले अनुसन्धानका लागि धरानबाट लैला नामको कु कु र झिकाएको थियो । राति ८ बजेर ११ मिनेटबाट कु कु र ले अनुशन्धान शुरु गरेको थियो ।

घटना स्थलबाट करिब २ किलोमिटर पुर्व किस्नी खोलाको पुल सम्म लैला पुगेपनि त्यसपछि अलमलिएपछि लैलालाई इलाका प्रहरी कार्यालय दमकको गाडीमा हालेर फर्काइएको थियो । त्यसपछि सबलाई पोष्टमार्टमका लगि राती ११ बजेतिर धरान स्थित वीपी कोईराला स्मृति प्रतिष्ठान पठाइएको छ । घटनाको विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले बताएको छ ।

Related Articles

Back to top button
Close