रोचक

आफ्नी क्या*न्स*र प्रेमिकालाई अस्पतालमै विवाह गरे यी प्रेमीले, तर विवाह भएको केही घण्टामा नै प्रेमीकाले छाडिन् संसार

एजेन्सी । डेविड र हीथर एक अर्कालाई असाध्यै माया गर्ने जोडी हुन् । दुवैजनाले मायालाई विवाहामा परिणत गर्ने योजना बनाए र विवाह गर्ने निर्णय पनि गरे । तर, एकदिन हिथरलाई अचानक क्यान्सर भएको थाहा भयो । क्यान्सर मात्र नभएर हीथरको मृत्यु चाँडै हुने कुराको पनि जानकारी डेविडले पाएका थिए । तर डेविडले हिथरको स्वास्थ्यको बारेमा यस्तो कुरा सुनेरपनि मायामा कुनै कमी गरेनन् ।

विवाह गर्ने योजना पहिलै तय भएको भएपनि आफुलाई क्यान्सर भएदेखि नै हीथरले विवाह गर्ने निर्णयलाई बदर गरेकी थिईन् । तर प्रेमी डेविडले नै विवाह गर्ने जोड गरे । हीथर उपचारको क्रममा अस्पतालमा हुँदा दुवैले विवाह गरे । विवाहको लागि अस्पतालमा सबै सामानको व्यवस्था गरिएको थियो । हीथर अस्पतालको बेडमा थिइन् उनले अक्सिजन लगाएकी थिइन् । विवाहको लागि हीथरलाई पनि दुलही जस्तै सजाइएको थियो ।

हाँसी हाँसी अस्पतालको बेडमा विवाह सम्पन्न भयो । तर विवाह भएको १८ घन्टामा हीथरले यो संसार छाडेर बिदा भइन् । एकैछिन अघिमात्र विवाह गर्दा खुशी भएका आफन्तहरु केहि समयमा नै संसार छाडेर गएपछि निराशा भए । तर सबैलाई थाहा थियो विवाह भएपछि तुरुन्तै हीथर मर्नेछिन् । उनको निधनपछि दुलहीलाई झै सजाएर सबैले अन्तिम विदाई गरे । डेविड र हीथरको यो विवाहको अहिले निकै चर्चा भइरहेको छ ।

Related Articles

Back to top button
Close