मंगलबार १२ आश्विन २०७८

काठमाडौं : अभिनेता भूवन केसीले आफ्नो करिअरमा कयौं सुपरहिट र सम्झनलायक फिल्म दिएका छन्। सम्भवतः नेपाली फिल्ममा उनी जति सफल फिल्म दिने नायक छैनन् । लभर ब्वाईको भूमिकामा सर्वाधिक रुचाइएका उनले गायकको रुपमा आफ्नो करिअर सुरु गरेका थिए । नेपाली म्यूजिक भिडियोका पहिलो मोडल समेत रहेका उनले फिल्म ‘जुनी’ बाट नायकको रुपमा डेब्यू गरेका हुन् ।

उनको परिचयको दायरा नायक र गायकको रुपमा मात्र सीमित छैन । करिअरको उत्कर्षमा रहँँदा उनले ‘करोडपति, नेपाली बाबू’ लगायतका फिल्म निर्माण गरे भने अभिनयबाट निस्क्रिय हुन थालेपछि फिल्म ‘ड्रिम्स’ बाट निर्देशनमा हात हाले । नेपाली फिल्मको मेकिङमा परिवर्तन ल्याउन उनको ठूलो भूमिका मानिन्छ । तर, कुनै बेला फिल्म बनाउन घर बैंकमा राखेको उनी स्मरण गर्छन् ।

शनिवार आफू अभिनीत एक गीतको सार्वजनिक कार्यक्रममा उनले भने- ‘मैले आफ्नो करि अरमा सेलेक्टेड फिल्ममा मात्र काम गरेँ । मैले चाहेको भए ५ सय भन्दा बढी फिल्म गर्न सक्थेँ । तर, मैले कहिल्यै फिल्म छनोटमा हेल चेक्राइ गरिनँ । अझ राम्रो फिल्म बनाउन घर बैंकमा राखेर आफैं फिल्म निर्माणमा होमिएँ । नेपाली फिल्म अझ राम्रो क्वालिटीमा जोओस् भन्ने मेरो उद्देश्य थियो ।’

१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया