मंगलबार १२ आश्विन २०७८

काठमाडौ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका आउनेक्रममा कर्णाली नदीमा डुंगा दुर्घटना कोही वेपत्ता भएका छन् भने कोही घाइते छन् । आफ्ना बच्चालाई नियमित खोप लगाउन कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिकाको विजौरा आउनेक्रममा आइतबार विहान साढे ११ बजेतिर डुंगा दुर्घटना भएर छ जना कर्णालीमा खसेको चौकेने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेयले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाँकी छ।

आफ्ना सन्तानलाई खोप लगाउन गइरहेका महिलाहरु चढेको डुंडा कर्णाली नदीमा डुब्दा हराएका र घाइते भएकाहरुको नाम खुलेको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका जाने क्रममा कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा केही हराएका छन् भने केही घाइते भएका हुन् । जसमध्य केहीको नाम खुलेको छ । घटनामा आमा छोरा सहित ३ जनाको नाम खुलेको छ . घाइते हुनेहरुमा पनि आमा र एक महिनाको नाम खुलेको हो ।

आफ्ना सन्तानलाई नियमित खोप लगाउन कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिकाको विजौरा गइरहेका महिलासहितका यात्रु आइतबार विहान साढे ११ बजे दुर्घटना परेका हुन्।

इलाका प्रहरी कार्यालय सुगराखल कैलालीका अुनसार हराउने कैलालीको मोहन्याल गाउँपालिका(३ बस्ने २० वर्षीया उर्मिला सलामी मगर, उनका १० दिनको बच्चा र त्यही ठाउँमा बस्ने २० वर्षीया पार्वती थापा छन्। त्यस्तै घाइते भएकाहरुमा मोहन्याल गाउँपालिका(३ बस्ने १९ वर्षीया धनसरा सलामी मगर र उनकै एक महिनाका छोरा कर्ण सलामी छन्। घाइतेमध्ये आमाको अवस्था गम्भीर छ भने छोरा सामान्य छन्।

७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया