समाचार

कोरोनाकाे कलहले नि’न्द्रा उ’डेको का’ठमाडौँ बासी’हरुलाई फे’रि अर्को दुखकाे ख’बर

कोरोनाकाे कलहले निन्द्रा उडेको काठमाडौँ बासीहरुलाई फेरि अर्को दुखकाे खबर, उपत्यकामा जारी निषेधाज्ञा गरेकै दिनदेखि तरकारी र फलफूल मूल्य झन्डै ८० प्रतिशतसम्म वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबारको तुलनामा बिहीबार मुख्य तरकारीको भाउ थोकमै १० देखि ८० प्रतिशतसम्म महँगो भएको छ ।।

बजारमा तरकारीको आपूर्ति सामान्य भए पनि माग बढी भएकाले मूल्य बढेको हुनसक्ने अनुमान समितिले गरेको छ । समितिका अनुसार कालीमाटी बजारमा बुधबारका लागि ४७६ मेट्रिक टन तरकारी भित्रिएकोमा बिहीबारका लागि छ सय मेट्रिक टन तरकारी भित्रिँदासमेत भाउ बढेको छ ।।

समितिका अनुसार बुधबार प्रतिकेजी १६५ रुपैयाँ थोकमा बिक्री भएको कागती बिहीबार २९५ रुपैयाँमा किनबेच भइरहेको छ भने प्रतिकेजी ५६ रुपैयाँ थोकमा कारोबार भएको गोलभेँडा ७० रुपैयाँ भएको छ । यस अवधिमा करेला प्रतिकेजी २२ रुपैयाँबाट ३० रुपैयाँ, तामा प्रतिकेजी ९० रुपैयाँ थोक मूल्यबाट ११० रुपैयाँ पुगेको छ । याे खबर गोरखापत्रमा रहेकाे छ ।।

यस्तै तनेबोडी प्रतिकेजी ९५ रुपैयाँ थोक मूल्य बढेर ११० रुपैयाँको पुगेको समितिले जनाएको छ । यी तरकारीको भाउ खुद्रा बजारमा अझै छोइ नसक्नुछ । एक दिनमै ८० प्रतिशतसम्म तरकारी महँगो हुनु तरकारी व्यापारीको कालोबजारी भएकाले अनुगमन गरेर कारबाही गरिनुपर्ने बताइएको छ ।।** यो समाचार पुरा हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close