बुधबार ०६ आश्विन २०७८

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा पानीको सतह बढेपछि बजार क्षेत्र पुनः खाली गराइएको छ । स्थानीय बासिन्दाका अनुसार साइरन बजाएर तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लगिएको हो ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले असार १ गतेजस्तै खोलामा बाढी आएको जानकारी दिए । उनका अनुसार तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा बस्न जानकारी गराइएको छ ।

अध्यक्ष शेर्पाका अनुसार साँझपख ठूलो पानी परेपनि अहिले भने पानी पर्न रोकिएको छ । माथिल्लो भेग नाकोते भन्ने ठाउँमा पहिरो गएको र त्यसपछि खोलाले काठ र लेदो बगाएर ल्याएको उनले जनाए ।

असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन । पुनः शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताए । राति आएको बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन भइरहेको छ ।

६० पटक हेरिएको

तपाईको प्रतिक्रिया