मंगलबार ०५ आश्विन २०७८

पूर्व ‘एडल्ट पो’ र्न’ स्टा र मिया खलीफाले पति रोबर्ट स्यान्डबर्गसँग सम्बन्धविच्छेद गर्ने भएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले पतिसँग सम्बन्धविच्छेद गर्न लागेको खुलासा गरेकी हुन् ।

बयस्कले मात्र हेर्नमिल्ने खालका चलचित्र खेलेर चर्चामा आएकी मिया खलीफाले आफ्ना पतिसँग डिभोर्स गर्न लागेकी छिन् । बिहे गरेको एक बर्ष नपुग्दै पति रोबर्ट स्यान्डबर्गसँग उनले डिभोर्स गर्ने भएकी हुन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले पतिसँग डिभोर्स गर्न लागेको खुलासा गरेकी हुन् ।

उनीहरुले सन् २०१९ मा इन्गेजमेन्ट गरेका थिए । अघिल्लो वर्ष विवाह गरेकी मियाको विवाह भएको एक वर्ष मात्रै पुगेको छ । मिया र रोबर्टको विवाह लामो समय टिक्न पाएन । मियाले यो नातालाई टिकाउन भरपुर कोसिस गरेको समेत खुलाएकी छन् ।

मियाले लेखेकी छन्, ‘हामी पूरै आत्मविश्वासका साथ भन्छौँ कि हामीले विवाहलाई सफल बनाउन धेरै कोसिस गर्यौँ । तर एक वर्षसम्म कोसिस गर्दा पनि हामीले यसलाई बलियो बनाउन नसकेपछि छुट्टिने निर्णयमा पुगेका हौँ ।’

‘हामीले एक अर्कालाई सधैँ माया र प्रेम गर्यौँ । साना तिना खट-पटले हामीलाई अलग बनाउन त सक्दैन थियो । तर जीवनमा यस्तो मोड आयो जसलाई हामीले सुल्झाउन सकेनौँ ।’ मियाको गरेको पोस्ट्मा रोबर्ट र मिया दुवैले प्रतिक्रिया जनाउन नमिल्ने बनाएका छन् ।

६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया