शनिबार ०९ साउन २०७८

कलाकारका सन्तान त्यसै चर्चामा रहन्छन् । पाठकको रुचिको बिषय भएकाले उनीहरुको समाचार मिडियाले पनि पच्छ्याइरहन्छन् । यसै मध्येकी एक हुन् ।शाहरुख खानकी छोरी सुहाना खान ।

उनी चर्चामा आइरहने ‘स्टारपुत्री’ का रुपमा चिनिन्छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय सुहाना आफ्ना तस्विर र भिडियो मार्फत फ्यानसंग जोडिएकी छिन् ।

हालै उनले इन्स्टाग्रामको स्टोरीमा शेयर गरेको एउटा तस्विर भाइरल भयो । उनले मिरर सेल्फी इन्स्टाग्राम स्टोरीमा शेयर गरेकी थिइन् ।

सुहानाको उक्त तस्विरले धेरैलाई लोभ्यायो । उनको इन्स्टाग्राममा काफी फ्यान छन् । आफ्नो पढाइ सकिएपछि बलिउडमा डेब्यु गर्ने तयारीमा रहेकी सुहाना अभिनय सिक्ने तयारीमा छिन् ।

उनको यो तस्वीरको सर्बत्र तारीफ भएको छ । उनका पनि फ्यानहरु छन् र उनीहरु सुहाना फिल्मी क्षेत्रमा आएको देख्न चाहन्छन् । दर्शकको यही चाहना अनुरुप उनका तस्वीर खुव सेयर गरिन्छन् ।

अहिले सुहाना पढाईमा ब्यस्त छिन् । उनी चाँडै नै अभिनय क्षेत्रमा आउने बताइएको छ । उनका पिता शाहरुख खानले केही अघि भनेका थिए ‘कम्तिमा तीन वर्ष अभिनय सिकेर मात्रै सुहाना अभिनयमा प्रवेश गर्छिन् ।’

२६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया