मंगलबार १२ आश्विन २०७८

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ मा उत्कृष्ट ४ प्रतिस्पर्धी छानिएका छन्। शुक्रबार भएको सेफिफाइनलबाट चार जना कोचका १-१ जना प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेका छन्।

फाइनल भिडन्तका लागि टीम दीपबाट आर्यन तामाङ छानिएका छन् । टीम प्रमोदबाट किरण गजमेर, टीम राजुबाट तारा श्रीष मगर र टीम तृष्णाबाट ज्वाला राई फाइनलमा प्रवेश गरेका छन्। धेरै भोट पाएको आधारमा आर्यन टीम दीपबाट अन्तिम ४ मा प्रवेश गरेका हुन् भने तारा टीम राजु तथा ज्वाला टीम तृष्णा र किरण टीम प्रमोदबाट अन्तिम ४ मा प्रवेश गरेका हुन् ।

यस्तै अन्तिम ४ को दावेदारको रुपमा रहेका टीम दीपबाट गोविन पुन बाहिरिए भने सोनाम शेर्पा बाहिरिए । यसैगरी टीम तृष्णाबाट अफ्रिता खड्गी र टीम प्रमोदबाट रवीन गहतराज बाहिरिए । रवीन सिक्किमबाट भ्वाइस अफ नेपालमा आएका थिए ।

चारवटै टीमका एकएक जना ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन जहाँबाट एकजना यो सिजनको उपाधि बिजेता बन्नेछन् ।

पहिलो सिजनमा सि डि बिजय अधिकारी महा गुरु दीप श्रेष्ठको टिमबाट बिजेता बनेका थिए भने दोस्रो सिजनमा प्रमोद को टिम बाट राम लिम्बुले उपाधी हात पारेका थिए बिजेताले २५ लाख सहित एउटा कार पनि हात पार्नेछन।।।

११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया