मंगलबार १२ आश्विन २०७८

काठमाडौं । शुक्रबार बेलुका पूर्वयुवराज पारस शाहले हेल्मेट नलगाएको भिडियो खुबै भाइरल भयो ।केहि समय प्रहरीले उनलाई समातेको थियो तर थुन्न सकेन् । सामान्य व्यक्तिहरुले सोही गल्ति गरेको हुन्थ्यो भने सायद कारवाही पनि फरक हुन्थ्यो ।तर पूर्वयुवराजले आफुलाई समात्ने प्रहरीमाथि दु’व्र्यव’हार पनि गरेका छन् । तर उनी आफुले कहिल्लै पनि हेल्मेट लगाउने गरेको छैन भन्दै माथिको आदेशमा छुटेको विषय सेलाएको छैन ।

यो बीचमा प्रहरीले देखाएको दादागिरीको एक नमुना फेला परेको छ । प्लाष्टिक, फलामलगायतका कवाडी सामानहरु संकलन गरेर दैनिकी चलाउने एकजनामाथि प्रहरीले दु’व्र्यवहार ग’रेको हो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुन्तले दमाईमाथि प्रहरीको दादागिरी देखिएको छ । बस्ने बास पनि नभएका दमाई सडकपेटी, चौतारी र प्रतिक्षालयमा रात बिताउँदै आएका छन् ।उनै सुन्तले सधैजसो बिहीबार पनि वीरेन्द्रनगरको बीच बजारमा फलामका टुक्राहरु संकलन गरिरहेका थिए । नजिकै रहेका ट्राफिक प्रहरी खिम केसीले सुन्तलेलाई हा’तपा’त ग’रेको खुलेको छ ।

ट्राफिक प्रहरीले सुन्तलेलाई हा’तपा’त ग’रेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गल्तीनै गरेको भएपनि कानुन अनुसार कारबाही गर्नुको सट्टा एक लाचारमाथि ध्वास देखाएको भन्दै आलोचना भइरहेको छ ।मानिसहरु ति प्रहरीको कानुनी उपचार हुनुपर्ने माग गरिरहेका छन् । सुन्तले राम्रोसँग कान सुन्दैनन् । पूरै शरीर ढाक्ने उनीसँग कपडा छैन ।

प्रहरीले विना कारण हा’तपा’त ग’र्दा उनी दुःखी छन् । न्यायका लागि जाने उनीसँग ठाउँ छैन । उनका अनुसार उनी भत्किएको नाली नजिकै फलामका टुक्रा देखेर उठाउन जाँदै थिए ।

सोही समयमा आएका प्रहरीले हा’तपा’त ग’रेका हुन् । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले घटनाका बारेमा छानबिन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतलाई निर्देशन दिइएको बताउनुभयो ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्य घटनाका विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभयो ।

२१० पटक हेरिएको

तपाईको प्रतिक्रिया