मंगलबार १२ आश्विन २०७८

काठमाडौं : नागरिक आ’न्दोलनका अगुवा समेत रहेका लेखक खगेन्द्र संग्रौलाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गणतन्त्र वि’रोधी अवधारणा सार्वजनिक गर्नु र पूर्व युवराज शाहले शुक्रबार राति काठमाडौंको सडकमा हे’ल्मेट नलगाई मोटरसाइकल चलाउँदै ट्राफिक प्रहरीलाई ह’प्की द’प्की गर्नुलाई जोडेर आ’शंका व्यक्त गरेका छन्।

मिश्रले राजतन्त्रका पक्षमा धारणा सार्वजनिक गर्नासाथ पूर्वयुवराज पारसमा घम’ण्ड बढेको लेखक संग्रौलाको दाबी छ । ‘परम् राजभक्त श्री रवीन्द्र मिश्रले ‘राजतन्त्रको स्वीकार्यता उच्च’ भनेको सुनेर पारस सर्खार फुर्किइबक्सेछ। अब भने पक्का राजा हुने भएँ भनेर होला, मौसुफ हेलमेट नलाई भ’टभटेमा सवारी होइबक्सियो,’ शनिबार बिहान सामाजिक सञ्जाल मार्फत संग्रौलाले भनेका छन्, ‘ट्राफिक प्रहरीसँगको वार्तामा सु सं’स्कृत मौसुफको राजसी मर्यादा र शि’ष्टता, आम्मामामा!’

हेल्मेट नलगाइ मोटरसाइकल चलाइरहेका पूर्व युवराज पारस शाह र प्रहरी बीच राजधानीको महाराजगञ्ज चोकमा भ’ना भन भएको थियो । शुक्रबार साँझ बिना हेल्मेट मोटरसाइकल चलाइरहेका उनलाई महाराजगञ्ज चोकमा ड्युटीमा खटिएका प्रहरीले रोकेपछि विवा द सुरु भएको थियो। हेल्मेट नलगाएको बारेमा प्रहरीले सोधखोज गर्दै रो’केपछि रोकेपछि आ’क्रोशित पारसलाई प्रहरीले हातमा स’मातेर रोकेका थिए।

१५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया