मंगलबार १२ आश्विन २०७८

शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा तुइनबाट खस्दा ३३ वर्षीय जयसिंह धामीको मृत्यु भएको थियो । उक्त घटनामा तुइन का ट्ने भारतीय सेना भन्दै दुई वटा तस्वीर सार्वजनिक भएका छन् । उक्त तस्वीरहरु ट्वीटर प्रयोगकर्ता हरिचन्द्र पाण्डेले आफ्नो ट्वीटरबाट सार्वजनिक गरेका हुन् । उनले ती तस्वीरहरु सार्वजनिक गरेपछि ब्यापक प्रतिक्रिया प्राप्त भएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरु भारतीय सेनासँग रिसाएका छन् । तस्वीरमा देखिएका मध्ये एक सैनिकको हातमा तुइन का ट्न प्रयोग गर्न सकिने औजार समेत देखिएको छ । उक्त तस्वीरको स्वतन्त्र ढंगले पुष्टी भने अहिलेसम्म भएको छैन ।

महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले देखेपछि तुइन का टि दिएको प्रत्यक्षदर्शी बिक्रम रोङकलीले बताएका थिए । जयसिंह तुइनबाट ओर्लिन एक दुई पाइला मात्रै बाँकी रहँदा त्यहाँ पुगेका दुई जना एसएसबीका जवानले तुइन का टि दिएको रोङकलीले बताए ।

धामी तुइन तर्ने बेला प्रत्यक्षदर्शीहरु बिक्रम रोङकली, अनिता धामी र कल्यान सिंह धामी नेपालतिरकै भूभागमा थिए । धामी महाकाली नदीमा वेपत्ता भएसँगै दुबैजना एसएसबीका जवान घट्नास्थलबाट भा गे को प्रत्यक्षदर्शीले बताएका छन् । उक्त घटनापश्चात दार्चुलावासी तथा विभिन्न दलले घटनाको सत्यतथ्य छानविन गर्न माग गरेका छन् ।

धामी बेपत्ता भएको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्रचार गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले डिएम कार्यालय पिथौरागढ र एसडिएम कार्यालय धारचुलालाई सत्यतथ्य छानबीन गर्न पत्रचार गरेको निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन् । तर त्यसको कुनै जवाफ नआएको उनले जानकारी दिइन् ।

११६ पटक हेरिएको

तपाईको प्रतिक्रिया