समाचार

५ वर्षकी बालिकालाई आफ्नै बाबुले…

काठमाडौ । एक पुरुषले आफ्नै छोरीलाई ५ वर्षको उमेर देखि नै सोच्नै नसकिने काम गर्दै आएको खुलासा भएको छ । अहिले उनी १४ वर्षकी भइन् । ५ वर्ष देखि बाबुवाट सोच्नै नसकिने घटना सहँदै आएकी छोरीले आमालाई समेत यो कुरा थाहा हुँदा पनि न्याय नपाएको बताएकी छन् । बुवाले गरेको घिन लाग्दो कामका बारेमा आमालाई भन्दा पनि कसैले वास्ता नगरेपछि उनी घरवाट भा गे की छन् ।

प्रहरीले बालिकालाई उद्दार गरेर सोधपुछ गर्दा यस्तो रहस्य खुलेको हो । बालिकाको बयानका आधारमा प्रहरीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले घटनाको अनुसन्धान सुरु गरेको बताएका छन् ।

आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पनि पछिल्लो पटक बाबुले उस्तै गरे । बालिकाको वयान पछि प्ररहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्यपरीक्षण गरिएको छ । आमालाई घटनाबारे सुनाउँदा पनि वास्ता नगरेपछि उनी छिमेकीको साथ लागेर काठमाडौ भा गे की थिइन् । छिमेकीको घरमा काम गर्ने एक जनासंग काठमाडौ आउँदै गर्दा उनलाई प्रहरीले उद्दार गरेको हो ।

Related Articles

Back to top button
Close