समाचार

सुशान्तको परिवार नै शंकाको घेरामा : घटनाले लियो नयाँ मोड

एजेन्सी । अभिनेता सुशान्त सिंह राजपुतको निधनको विषयले अहिले नयाँ मोड लिएको छ । सुशान्तकै परिवार पनि शंकाको घेरामा परेका छन् । सुशान्तका वुवा के के सिंहले दिएको उजुरीका आधारमा सुशान्तको प्रेमिका भनिएकी रिया चक्रवर्तीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

तर अनुसन्धानका क्रममा केही यस्ता तथ्य पनि फेला परेका छन् जसका कारण सुशान्तका परिवारलाई पनि प्रहरीले सोधपुछ गर्ने भएको छ । प्रहरीले ड्र ग्स को एंगलवाट पनि यो घटनाको अनुसन्धान थालेको छ । जसमा बलिउडका हस्तीहरुसँग एनसीबीले सोधपुछ गरिरहेको छ । अब सिबीआइले अनुसन्धान गर्ने नयाँ तरिका अपनाउने भएको छ ।

भारतीय समाचार अनुसार सीबीआईले सुशान्तको बहिनी प्रियंका, नीतु, मीतुसँग सोधपुछ गर्न गर्ने भएको छ । सुशान्तको हजुरबुबा आईपीएस सिंहसँग पनि सोधपुछ गर्ने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सीबीआईले सुशान्तका घर परिवारलाई म्यासेज पठाएर यसवारेमा जानकारी दिएको छ । समाचार अनुसार सुशान्तको बैंक खातामा उनले आफ्नी बहिनीको नाम उल्लेख गरेका छन । रिया चक्रवर्तीले सुशान्तको बहिनीमाथि औषधि दिएको आरोप लगाएकी थिइन् । यहि कारणले पनि प्रहरीले सुशान्तको वहिनीलाई शंकाको घेरामा राखेको हो ।

Related Articles

Back to top button
Close