आइतबार १९ मंसिर २०७८

काठमाडौं / नेपाली सेनाका सहायकरथी पंकज कार्की यौ/न दु’व्य’र्व’हार प्रमाणित भएपछि बर्खास्त भएका छन् । उनलाई एक साता अघि बर्खास्त गरिएको नेपाली सेनाले पुष्टि गरेको छ ।

जर्नेल कार्कीसहित सेनाका दुई महिला पनि बर्खास्त भएका छन् । उनीहरुमाथि को र्ट अफ इन्क्वायरी गरी अनुसन्धान गर्दा जर्नेल कार्की र दुवै महिला सैनिक पनि दो षी ठहरिएका थिए ।

जर्नेल कार्कीमाथि यौ/न दु व्य र्व हारको उजुरी परेको थियो । उनीमाथि युएनको शान्ति मिसनमा सुडानमा खटिंदा महिला अधिकृत र २८ नम्बर बाहिनीपति हुँदा अर्की महिला सैनिकलाई यौ/न दु व्य र्व हार गरेको अनुसन्धानबाट पत्ता लागेको थियो । ती महिला अधिकृत मेजर हुन् भने अर्की महिला सिराहास्थित बाहिनीमा कार्यरत थिइन् ।

दुईजना सैनिक अधिकृतबीच विवाद भएपछि यौ/न दु व्य र्व हा रको घटना बाहिर आएको थियो । सहायक बाहिनीपतिले घटना बाहिर ल्याएपछि छानविन भएको थियो । दुई सैनिक अधिकृतबीचको विवाद चुलीमा पुग्दा घटना छताछुल्ल भयो । सैनिक अधिकृतहरु कारबाहीमा परे ।

२५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया