बिहिबार ०७ आश्विन २०७८

एजेन्सी / उनी स्टन्टका राजा भन्ने उपनामले पनि परिचित छन् । उनी जहाँ जान्छन् विवाद उनीसँगै उब्जिन्छ । नाइजेरियाका प्रिटी माइक नामक एक पुरुषले एकसाथ आफ्ना ६ जना प्रेमिकालाई गर्भवती बनाए । उनको खास नाम माइक इजी न्वाली न्ओगु हो ।

गत नोभेम्बरमा अभिनेता विलियम्बस उचेम्बोको विवाह समारोहमा उनले आफ्ना ६ जना गर्भवती प्रेमिकालाई सँगै लगे । विवाह समारोहमा आफुसँगै लगेका ६ जना गर्भवती प्रेमिकाको गर्भावस्थाको पेट उनले सुम्सुम्याएको तस्वीर निकै भाइरल बनेको थियो

यो पनि पढ्नुहोस

डोटीका चन्द्रप्रकाश जोशी र उनकी पत्नि नेपालगञ्ज उपचारका लागि गएका थिए । उनीहरु त्यहाँ उपचार गरेपछि फर्कने क्रममा चिसापानी पुगेका थिए । तर एकाएक उनीहरु कर्णालीमा वेपत्ता भएको समाचार आएको छ । उनीहरु चढेको गाडि कर्णालीमा हेलिएको बताइएको छ ।

उपचार पछि घर फर्किरहेको एक दम्पती कर्णालीमा वेपत्ता भएको समाचारले सबैलाई चिन्तित पारेको छ । डोटीको आर्दश गाउँपालिकाका चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी कर्णालीमा वेपत्ता भए पछि उनीहरुलाई खोज्ने क्रम जारी छ तर सफलता मिलेको छैन । उनीहरु शुक्रबार नेपालगञ्जबाट घर फर्किने बेला चिसापानी क्षेत्र घुम्न गएका थिए । सोही क्रममा गाडी दुर्घटना हुँदा उनीहरु गाडीसहित कर्णालीमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले बताए।

नदीमा वेपत्ता गाडी भेटिएको छ । साथै उक्त दम्पतीको खोजी भइरहेको छ । गाडीमा सवार अन्य तीन जनाको भने उद्दार गरिएको छ । यस्तै १२ वर्षकी लक्ष्मी जोशी, उनका ३ वर्षीय भाइ भुवन जोशी, र ५ वर्षकी बहिनी सावित्रीको उद्धार गरिएको छ । भुवन र सावित्रीको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार साढे १२ बजेको समयमा कर्णाली नदीमा खसेको गाडीको फेला परेको थियो । तर, पानीको वहाव बढी भएका कारण नदीबाट गाडी निकाल्न भने समस्या भइरहेको बताइएको छ ।

अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उक्त गाडी निकाल्ने खटिएका छन् । बेपत्ता दम्पतीको खोजी कार्य सशस्त्र प्रहरीको गोताखोर टीमले काम गरिरहेको जानकारी प्रहरीले दिएको छ ।

१२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया