सोमबार ३१ जेठ २०७८

काठमाडौं । अभिनेता सौगात मल्लको नयाँ चलचित्र ‘लप्पन छप्पन–२’ को ट्रेलर सार्वजनिक भएको छ । मुकुन्द भट्टको निर्देशनमा बनेको यस फिल्मको ट्रेलर बिहिबार युट्युबमा सार्वजनिक भएको हो ।

फिल्मको ट्रेलरमा पेरिसबाट नेपाल आएको तीन सय मिलियन डलर हत्याउन सबैले गरेको कोशिस देखाइएको छ । महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको ट्रेलरमा सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही लगायतका कलाकार देखिएका छन् ।

फिल्मका मूख्य कलाकारहरु फरक अवतारमा देखिएका छन् । चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको पटकथा तथा संवाद सुनिल नेउरेको रहेको छ । फिल्मको निर्मातामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल रहेका छन् ।

फिल्ममा शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, सौगात मल्ल, शक्ति श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व। दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया