समाचार

प्रधानसेनापति थापाको निवासमा पस्यो कोरोना, थापा क्वारेन्टिनमा

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापतिको निवासमा कार्यरत एक भान्छेमा कोरोना पुष्टि भएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको निवासको मान्छामा कार्यरत एक कर्मचारीमा शनिबार कोरोना पुष्टि भएको हो। कर्मचारीमा कोरोना पुष्टि भएपछि प्रधानसेनापति थापा आइतबारदेखि ‘सेल्फ(क्वारेन्टाइन’मा बसेका हुन्।

थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका र मापदण्ड अनुसार नै स्वास्थ्य सजगता अपनाएर ‘सेल्फ(क्वारेन्टाइन’मा बसेको जंगी अड्डाले विज्ञप्तिमार्फत् जानकारी दिएको छ। भान्छेलाई असोज १० गते कोरोना पुष्टि भएको विज्ञप्तीमा उल्लेख छ ।

यो अर्को समाचार, आइतबार सिन्धुलीमा एकैदिन ९ जनामा कोरोना पुष्टि भएको छ । कमलामाई नगरपालिका ६ का एकै परिवारका ६ जना सहित ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ।

संक्रमित व्यक्तिको कन्ट्रयाक ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाब परीक्षणका क्रममा एकै परिवारका ६ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहको भनाइ छ ।

‘अन्य तीनजना भने सिन्धुली सदरमुकाममा रहेको क्वारेन्टाइनमा बसेका हुन्, ‘शाहले भने । संक्रमितहरु २० देखि ६० वर्ष उमेरका छन् । उनीहरुमध्ये २ जना महिला र ७ पुरुष छन् ।’

Related Articles

Back to top button
Close