शनिबार ११ मंसिर २०७८

काठमाण्डौ । एक विबाहीत महिला होस् या पुरुष कुनै पनि जोडीले भविष्यमा अलग भईन्छ भन्ने सोंचेर गरेका हुँदैनन् । तर समय परिस्थिति अनुसार चल्दै जाँदा मन र मायाका साथै विश्वासका कुराहरुले धेरै बहस र छलफललाई श्रृजना गराउने गर्दछ । जुन बहस र छलफलमा बस्दा विश्वासका कुरा र मायामा खाएका बाचा कुरा कम्जोर पर्दै जाने क्रममा सम्बन्धको डोरी पनि उत्तिकै पातलिंदै गई रहेको हुन्छ । सोही पातलिएको मायाको डोरीले श्रीमान र श्रीमतीको सम्बन्धलाई निकै परको बनाईदिएको हुन्छ ।

युट्युवर विश्व लिम्बुको जिन्दगीमा पनि यस्तै भएको छ । उनको बैबाहीक सम्बन्धमा पनि धेरै उतारचढाव भएको हुनाले आज उनी आफ्नो बैबाहीक जिवनदेखि अलग भएका छन् । यो सम्बन्धदेखि अलग हुनु कुनैपनि जोडीकोलागी सहजै स्वकारोक्तिको कुरा हुँदैन । तर स्वीकार गर्नै पर्ने हुन्छ । उनले र उनकी श्रीमतीले पनि गरिन् । अन्ततः मिल्नै नसकेर उनीहरु अलग भएका छन् । आफ्ना जीवनका अनगन्ति उतारचढावलाई उनले आफ्नै च्यानलबाट सुनाएका छन् ।

जब विश्वले आफ्नो र श्रीमती बीचको मनमुटाव सनाए तब उनका फ्यानहरु निकै नै भावकु भएको प्रतिकृया दिएका छन् । विश्वले पनि आफ्नो अतितलाई सनाउँदा उत्तिकै भावुक भएर नै सनाएका छन् । उनले आफ्नो छोराको विषयमा पनि भनेका छन् । जीवनको यात्रामा उनले भोगेका थुप्रै घटनाक्रमहरु यस्ता रहेछन् जुन कुरा सनेर सायदै उनका फ्यानहरु भावुक नभएका होलान् । आफ्ना व्यक्तिगत कुरा सुनाउनकालागी हिम्मत जो कोहीमा हुँदैन तर विश्व लिम्बुमा भएको हिम्मत हेर्नकोलागी यो भिडियोमा क्लिक गर्नुहोला । भिडियोसहित

४०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया