रोचक

डार्क सर्कल, डन्डिफोर जस्ता समस्याका अमृत समान केराको बोक्रा

काठमाडौँ । हामी धेरैलाई केराको फाइदाका बारेमा त थाहा नै होला । तर, केरा केराको बोक्राका बारेमा भने कमैलाई मात्र थाहा हुन सक्छ।

केराको बोक्रामा म्याग्नेसियम, पोटासियम र कार्बोहाइड्रेटजस्ता न्यूट्रिएट्स जस्ता तत्व पाइने गरिन्छ। त्यसैले केराको बोक्राका पनि फाइदा हुने गर्दछ। आज हामी तपाईलाई केराको बोक्राका फाइदाका बारेमा जानकारी दिदै छौँ :

१. आँखाको तल्लो छेउ भागमा केराको बोक्रालाई घोटेर दल्ने गरेमा ‘डार्क सर्कल’ हट्छ।

२. केराको बोक्राले पहेलो भएको दाँतमा घोट्नु होस् । दिनुहँ यसो गर्दा दाँतको पहेलोपना हटेर दाँतमा चमक आउँछ।

३. केराको बोक्रालाई जुत्तामा रगड्नाले टलकिन्छ, चिम्किन्छ।

४. केराको बोक्रालाई डन्डिफोर निस्किएको ठाउँमा लगायो भने केही दिनमै डन्डिफोरबाट छुटकारा पाउन सकिन्छ।

५. तपाईलाई सिडी वा डिभिडी स्क्र्याचको समस्या भएमा केराको छालाले सफा गर्नुहोस्।

६. मासुलाई पकाउँदा त्यसमा थोरै समयका लागि केराको बोक्रा पनि राखेर त्यसलाई केहिबेरपछि निकाल्नुहोस्। यसले मासुलाई चाँडै पकाउँन मद्दत गर्छ।

७) केराको बोक्राले फुटेको कुर्कुचामा ठिक बनाउन सहयोग गर्दछ। केराको बोक्रालाई फुटेको कुर्कुचामा घोट्नुहोस् र पाँच मिनेटपछि धुनुहोस्। यसो गर्नाले फुटेको कुकुर्चालाई ठिक गर्छ।

Related Articles

Back to top button
Close