समाचार

भेन्टिलेटरको अभावमा कोरोना संक्रमितको गयो ज्यान

काठमाडौ । भेन्टिलेटरको अभावमा एक कोरोना संक्रमितको उपचार नपाएरै निधन भएको छ । अछाममा शनिबार राति एकजना कोरोना संक्रमितको उपचार नपाएर निधन भएको हो ।अछाम स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार बान्नीगढी जयगढी गाउँपालिका(३ का ३४ वर्षीय पुरुषको कोरोनाले निधन भएको हो। भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएपनि अछाम जिल्ला अस्पतालमा सामान्य उपचार गर्दागर्दै उनको निधन भएको स्वास्थ्य कार्यालयका प्रमुख झनक ढुंगानाले पुष्टि गरे। उनलाई अघिल्ले दिन विहान स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो ।

गत भदौ २५ गते भारतबाट फर्किएका उनलाई बान्नीगढ जयगढ गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो। त्यहाँ रहेका उनीसहित १९ जनाको कोरोना परीक्षण गर्दा सबैमा कोरोना पुष्टि भएको थियो।अस्पतालमा आईसीयू सेवा नहुँदा संक्रमितलाई बचाउन नसकिएको बान्नीगढी जयगढी गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले बताएका छन् । अस्पतालमा भेन्टिलेटर नभएका कारण उनलाई धनगढी लैजाने तयारी गर्दागर्दै निधन भएको खड्काले बताए । संक्रमितको अवस्था निकै गम्भिर हुँदा अस्पतालमा भेन्टिलेटर नभएका कारण बचाउन नसकिएको उपचारमा संलग्नले बताएका छन् ।

Related Articles

Back to top button
Close