मनोरंजन

अभिनय सँगसँगै पढाईमा समेत अब्बल ६ नेपाली नायिका !

पढाइ सबैकाे लागि निकै महत्वपू्र्ण बिषय हाे । त्यस्तै, धेरैलाइ लाग्नेगर्छ कि कलाकारहरुले कित पढेका हुन्छन् ? यस्ताे बिषय धेरै मान्छेले जिज्ञासा राखेकाे पाइएकाे छ । यसमा त झनै, नायिकाहरू प्रति त झन् मानिसले नराम्राे नजरले हेर्छन् । यद्धपी केही नेपाली नायिकाहरुले हामीले सोचेको भन्दा धेरै पढेका छन् ।यी नेपाली ६ कलाकार, जसले धेरै पढेः

केकी अधिकारीः
पछिल्लाे समय नायिका केकीकाे चर्चा सामाजिक संजालमा छरिएकाे छ । मसान चलचित्र खेलेर वाहीवाही बटुलेकी केकी अधिकारी नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका हुन् । फिल्म निर्देशक बद्री अधिकारीकी छोरी भएका नाताले पनि कलिउडमा उनको इज्जत नगर्ने भेटीदैँनन् । नायिका केकीले हुमन रिर्सोस म्यानेजम्यान्टमा स्नातकोत्तर गरेकी छिन् ।

रिमा विश्वकर्माः
चलचित्र खेलेर भन्दा पनि मोडलिङ र कार्यक्रम चलाएर हिट बनेकी रिमा विश्वकर्माले पिनाकल एकेडेमीबाट अंग्रेजी र मास मिडियामा स्नातक गरेकी छन् । पछिल्लो समयमा नेपाल आईडलको प्रस्तोता हुँदा उनले धेरैको मन जितेकी थिइन् ।

ऋचा शर्माः
नायिका ऋचा शर्माले लिटिल एञ्जल स्कुल हात्तीवनबाट स्कुले जीवन प्रारम्भ गरेकी थिइन् । पछि गोल्डेनगेटबाट ब्यवस्थापनमा स्नातकोर गरेकी छिन् । उनले यस बाहेक जर्मनी र फ्रान्सबाट कलाकारिता सम्बन्धी अध्ययन गरेकी छिन् । जिवन्त अभिनय गर्ने क्षमताकी धनि ऋचाले नेपाली रजतपटमा ‘फस्ट लभ’ चलचित्रबाट पाईला टेकेकी थिइन् । जुन सर्वधिक सफल चलचित्र मानिन्छ ।

निशा अधिकारीः
कहिले सगरमाथा चढेर त कहिले कपाल पूरै मु ण्डन गरेर चर्चामा आईरहने निशा अधिकारी पछिल्लो समय नेपाली क्रिेटर शरद भेष्वाकरसंग विवाह गरेर नयाँ जिवन बिताइरहेकी छन् । उनले फिल्म र सामाजिक विज्ञानमा स्नातक सम्मको अध्ययन गरेकी छिन् ।

संचिता लुईटेलः
नेपाली चलचित्रकी ‘अप्सरा’ संचिता लुईटेल पछिल्लो समय चलचित्रमा देखिएकी छैनन् । निखिल उप्रेतीसंग दोश्रो विवाह गरेर दुई सन्तान जन्माएकी उनले बागबजारको पद्मकन्या क्याम्पसबाट समाजशास्त्रमा एम ए गरेकी छिन् ।

प्रियंका कार्कीः
नायिका प्रियंका कार्की नेपाली चलचित्र क्षेत्रकी एक चर्चित नायिका हुन् । उनी हाल नायक अायुसमान देशराज श्रेष्ठसँग बिवाह गरेर नयाँ जीवनकाे सुरुवात गरेकि छि्न् । उनलेले अमेरीकाको युनिर्भसिटी अफ अलबामाबाट चलचित्रमा डिप्लोमा गरेकी थिइन् ।

Related Articles

Back to top button
Close