समाचार

ज्या*न गुमाउनु अघि विश्व प्रसिद्ध फेशन डिजाइनरले जीवनका बारेमा यसो भनेकी थिइन्

मानव जीवनको सत्यता के हो भनेर धेरै पुस्तकहरु लेखिएका छन् र धारणा ब्यक्त गरिएका छन् । यस्तै धारणा विश्व प्रसिद्ध फेशन डिजाइनर, ब्लगर एवम् लेखिका ३किर्जिदा रोड्रिग्जले क्यान्सरबाट निधन हुनु अघि ब्यक्त गरेकी थिइन् । उनी भन्छिन्, दुनियाँको सबैभन्दा महंगो ब्राण्डका कारहरू मेरो ग्यारेजमा त्यसै थन्किएका छन् तर मलाई भने ह्विलचेयरको प्रयोग गरिरहनु परेको छ । मेरो घर अनेकौं डिजाइनका कपडा, जुत्ता, महँगा सरसामानले भरिएको छ तर मेरो शरीर भने अस्पतालले दिएको एउटा छोटो पछ्यौरीले मात्र ढाकिएको छ ।

बैंकमा मेरो खाताहरूमा रहेको पैसा मेरो पैसा हुन् तर अब त्यो पैसा मेरो लागि कुनै कामको छैन । मेरो घर एक महल झैं छ तर म अस्पतालमा एक सानो आकारको बिस्तरामा पल्टिरहेको छु । म एक फाइव स्टार होटलबाट अर्को फाइव स्टार होटलहरूमा जाने गर्थें तर अब म आफ्नो समय अस्पतालमा एक प्रयोगशालाबाट दोस्रो प्रयोगशालामा जानका लागि बिताइरहेकी छु ।

मैले सयौं मानिसहरूलाई अटोग्राफ दिएकी छु तर आज डाक्टरहरूको प्रेस्क्रिप्शन नै मेरो लागि अटोग्राफ भएको छ । मेरो कपाललाई सजाउनको लागि मसँग सातजना ब्यूटीशियनहरू थिए तर आज मेरो टाउकोमा एउटा पनि कपाल छैन ।म एक निजी जेटमा जहाँ चाहे त्यहाँ उड्न सक्थें तर अब मलाई अस्पतालको बरण्डामा जानको लागि पनि दुईजना मानिसहरू सहयोग लिनु पर्छ । विश्वमा कयौं प्रकारका खाद्यान्नहरूमा मेरो पहुँच छ तर अहिले मेरो आहार दिनमा दुई गोली र रातमा दुई थोपा तितो औषधि मात्र रहेको छ ।

यो घर, यो कार, यो जेट, यो फर्निचर, यति धेरै बैंक खाताहरू, यति धेरै प्रतिष्ठा र प्रसिद्धि, यिनीहरु अब मेरो लागि कुनै कामका छैनन् । यी मध्ये कुनैले पनि मलाई थोरै भए पनि आराम दिन सक्दैनन् । यिनीहरूले केवल दिन सक्छन् त केही प्यारा मानिसहरूको अनुहार र उनीहरूको स्पर्श साथीहरु, निधन भन्दा अधिक सत्य केही पनि छैन अनि किन गर्छन् मान्छेहरू एक आपसमा धन र शक्तिको घमण्ड? यो सामाग्री सामाजिक सञ्जालबाट साभार गरिएको हो ।

Related Articles

Back to top button
Close