बुधबार ०६ आश्विन २०७८

विश्वमा सबै भन्दा धेरै ५४ वस्तुहरुको अनुक्रम याद गरेर गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा नाम लेखाउन सफल व्यक्ति नवल पजियरले अर्पण भाई सधै सत्य बोल्नु होला, सहि काम गर्नु होला, जनतालाई र मिडियालाई कहिल्यै भ्रममा नपार्नु होला’, भनि अर्पण शर्मालाई आग्रह गरेका छन । जो हिजो आज ८३ शब्दको अनुक्रम याद गरेर गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा दावी गर्दै आएका छन ।

नवल पजियारका अनुसार हाल सम्म उनको रेकर्ड कसैले ब्रेक गर्न सकेको छैन । अर्पण शर्माले नेपाली जनता र मिडियामा भ्रम छरीरहेको उनको दावी छ । हुन पनि हालको रेकर्ड हेर्ने हो भने गिनिज बुकको अफिसियल वेबसाइटमा नवल पजियार कै नाम देखिन्छ । त्यहाँ उनले राखेको ५४ शब्दको रेकर्ड कसैले तोड्न सकेको छैन । अर्पण शर्माले यस अघि गिनिज बुकमा नाम नै नलेखाएको भने हैन । उनले सन् २०१५ मा ४२ वस्तुहरुको अनुक्रम याद गरेर गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा नाम लेखाएका थिए । तर उनको त्यो रेकर्डलाई त्यसको कहिँ समयमा नै दुई जनाले ब्रेक गरिसकेका थिए । नवलले ५४ शव्दको रेकर्ड राख्नु अगाडी ५२ शव्दमा शागर गुचीको रेकर्ड थियो, जुन रेकर्ड पजियारले तोड्दै आफ्नो नाममा पारेका थिए । पजियारले सन् २०२० को डिसेम्बर १९ तारिखका दिन भारतको हैदराबादमा उक्त रेकर्ड राखेका हुन् । जुन रेकर्ड अहिले सम्म कसैले तोड्न सकेको छैन ।

उता अर्पण शर्माले बने आफ्नो सामाजिक संजालमा एक पोष्ट शेयर गर्दै भनेका छन् – ‘मैले नयाँ रेकर्डका लागि २०७८ साल असार २६ गते झापाको भद्रपुर स्थित विरेन्द्र नमुना माध्यमिक विद्यालयको सभा हलमा विभिन्न क्षेत्रका अग्रज व्यक्तित्वहरुको सहभागितामा आफ्नो प्रस्तुति राख्न सफल भएको छु । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल पुलिस भद्रपुरका निरीक्षक ९इन्स्पेक्टर० तथा विशिष्ट अतिथिको रुपमा लायन्स क्लब भद्रपुरका अध्यक्ष हुनुहुन्थ्यो। यो रेकर्डका लागि मैले १ मिनटमा ८३ वटा वस्तुको क्रम स्मरण गर्न सफल भएको छु । सोहि दिन पहिलो पटकको प्रयासमा मैले ८३ मध्ये ८१ वस्तुको स्मरण गर्न सफल भएको थिए । दोस्रो प्रयासमा ८३ मा ८३ नै वस्तुको क्रम स्मरण गरेर नयाँ रेकर्ड कायम गर्न सफल भएकोले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो सबै प्रमाणहरु पेश गर्न लागेको छु । ‘source otvnepal.com

२१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया