बिहिबार ०७ आश्विन २०७८

लोकप्रिय गायिका अञ्जु पन्त आफ्ना पति थीर कोइरालासँग हिजोआज अमेरिका छिन् । झण्डै १ महिना अगाडि उनले आफू केही समयको लागि अमेरिकामा रहने जनाएकी थिइन् ।

अमेरिकामा केही सांगीतिक कार्यक्रममा सहभागी भइरहेकी पन्त हिजो आज भने आफ्ना श्रीमान् थिर कोइरालासँग रमाइरहेकी छन् ।

जुन २९ मा अमेरिका पुगेकी अन्जुले जुलाई १७ मा श्रीमान थीर कोइरालालाई अमेरिकामा स्वागत गरिन् । अहिले यो जोडी साथीहरुको साथमा अमेरिकाको विभिन्न शहरहरु घुमिरहेको छ ।

अञ्जुले आफ्नो फेसबुकमा श्रीमान् थीर कोइरालासँग ‘बिच’मा रमाइ रहेको तस्बिर राखेकी छन् । भर्जिनियाको बिचमा उनी श्रीमान् कोइरालासँग बालुवामा रमाइरहेकी छन् । गायिका पन्तले गएको वर्ष प्रेमी थिर कोइरालासँग प्रेम विवाह गरेकी थिइन् ।

१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया