समाचार

“कुलमानलाई हटाए जिन्दगीभरलाई नेपाली जनताको मन रुन्छ” वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत प्राधिकरण कार्यकारी प्रमुखको जिम्मेवारीबाट कुलमान घिसिङलाई हटाए जिन्दगीभर जनताले चित्त दुखाउने बताएका छन् ।सोमबार राति सामाजिक संजालमा एक पोस्ट गर्दै कलाकार श्रेष्ठले ७७ जिल्लाको मन जितेको व्यक्तिलाई हटाउने निर्णय गरे जनताको मन दुख्ने बताएका हुन् ।

गत आइतबारबाट कुलमान घिसिङको प्राधिकरणको चार वर्षे कार्यकाल सकिएको छ ।उनको नेतृत्वको प्राधिकरणले नेपाललाई लोडसेडिङमुक्त बनाएको साथै प्राधिकरणलाई मुनाफा पनि दिएको भन्दै अधिकांश नेपालीहरुले उनको जिम्मेवारीको अवधि बढाउनुपर्ने माग गरेका छन् ।

तर, सरकारले भने त्यसमा कुनै चासो देखाएको छैन । यसैबारेमा कलाकार श्रेष्ठले उनलाई नै प्रमुखको जिम्मेवारीमा निरन्तरता दिनुपर्ने माग गरेका हुन् ।श्रेष्ठले कुलमान ७७ मध्ये कुनै पनि जिल्लाबाट उठेको खण्डमा चुनाव जित्ने भन्दै जनताको मन जितेका व्यक्तिलाई नै निरन्तरता दिनुपर्ने श्रेष्ठको भनाई छ ।

यो पनि , पशुपतिनाथ मन्दिर अब चाडै खोलिने – काठमाडौ , पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी गरेको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै खुल्ने भएको हो । दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने छ । दुई दुई मिटरको भौतिक दुरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गरिएको छ ।

विगतमा दर्शनका लागि खोलिने सम्पूर्ण ढोकाहरु खुला नभएपनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी कोषले गरेको छ । सरकारले निर्देशन दिने वितिक्कै मन्दिर खोल्ने गरी कोषले आवश्यक तयारी अघि बढाएको हो ।

मन्दिरभित्र प्रवेश गरेपछि पुरै परिक्रममा गर्न भने पाइने छैन । मुल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्ने गरी तयारी गरिएको छ । मन्दिर खुला भएपनि विशेष पूजाको व्यवस्था भने नगरिने भएको छ । अहिले नित्य पूजा नरोकिएपनि विशेष पूजा र दर्शन गर्न भने रोक लगाइएको छ । सरकारले अन्य सेवा क्षेत्र खुला गरेसँगै धार्मिक स्थलहरु पनि सञ्चालन गर्नुपर्ने माग राख्दै केही दिन अघि पशुपति क्षेत्रमा प्रदर्शन भएको थियो ।

Related Articles

Back to top button
Close