मंगलबार १२ आश्विन २०७८

गतवर्ष गायक प्रमोद खरेल दोश्रो सन्तानको पिता बने। दोश्रो सन्तानमा उनि छोरीको पिता हुन पाउँदा निकै भाग्यमानि ठाने। पिता भएको खुशीसंगै प्रमोदले यो समयमा निकै ठुलो तनाव पनि भोगे। यसको कारण थियो, आमा र बच्चाको अस्वस्थताको कारणले उनले जीवनको सबैभन्दा पिडादायक क्षण पनि यहि समयमा भोगे।

उनि लामो समय अस्पताल बस्न परेको थियो। लामो समयको अस्पतालको वसाई र आमा-छोरीको स्वस्थताको कामना गर्दै उनका धेरै दिन बिते। बच्चा जन्मेको केहि समय पछि मात्र उनले खुशी साट्ने अवसर पाएका थिए।

त्यो पिडादायक समय अहिले सम्झदा अहिले पनि उनको मनमा खिन्नता आउछ, अनि बोल्दाबोल्दै उनको गला अवरुद्ध हुन्छ। क्यानाडा नेपाल संगको कुराकानीमा प्रमोद भन्छन् , ‘ कोरोनाको कारण विश्व आक्रान्त नभएको भए त्यो समय म विश्व भ्रमणमा हुने थिए। तर यसको कारण नै मैले परिवारलाई समय दिन पाए। त्यो मेरा लागी खुशीको कुरा थियो।

तर यहि बिचको समय मेरालागी जीवनको सबैभन्दा पीडादायक भयो। म भन्दा मेरो परिवारका लागि अझ पिडादायक समय बन्यो होला। तर मेरा लागी यो बयान गर्न सक्ने समय थिएन। पिता बन्ने खुशी मनमा थियो, तर त्यो भन्दा बढी पीडादायक समय मैले बिताउनु पर्यो। खुशी भित्र पिडा अनि पिडा भित्र खुशी मैले यहि समयमा भोगे। ‘

क्यानाडा नेपालको अन्तरवार्ताबाट

१७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया