बिहिबार ०७ आश्विन २०७८

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीको अश्लिल टिकटक बनाएको आरोपमा झापामा एक जना पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ६ बर्मेली टोलका ३८ वर्षीय सोमप्रसाद घिमिरे रहेका छन् । विकास भनेर पनि चिनिने उनलाई अश्लिल टिकटक भिडियो बनाएर पोष्ट गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

विकासले केहिदिनअघि प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीको अश्लिल टिकटक बनाएका थिए । विकास विरुद्ध मानहानी उजुरी परेपछि पक्राउ गरिएको हो । विकासलाई गएको साउन ७ गते नै पक्राउ गरिएको हो ।

२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया