आइतबार १७ साउन २०७८

तुलसीपुर, घोराइ रोडमा आफ्नोे घर र पसल भने बिरेन्द्रचौकमा भएको बताउनुहुन्छ आमा ।२०७२ साल असोजको १९ गते आफ्नोे छोरो हराएको बताउनुहुन्छ आमा ।छोरोकै नाममा किराना पसल रहेछ ।त्यहि पसलमा बसिरहेका यादवलाई लगभक १०:३० बजेतिर आमाले खाना खान घर जा भन्दै पठाउनुभयो ।छोरो यादवले आफ्नो कपालमा चाया परेको बताएपछि आमाले झोलामा स्याम्पु पोकोपारि छोरोलाई घर पठाउनुभयो ।छोरो घर आयो खाना खायो अनि आफ्नो बाइक फूपू दिदिकोमा छोडिदियो अनि त्यसपछि सम्पर्कबिहिन भयो र अहिल्सम्म पनि भेटिएको रहेनछ ।

छोरो हराएको समय दशै थियो ।आमाले मासु खानुहुन्थ्यो तर दशैजस्तो दिनमा छोरो नै हराएपछि हराएदेखि अहिलेसम्म आफुले मासुलाइ हातसम्म नलगाएको बताउनुहुन्छ ।छोराछोरीको माया आमाबुवालाई कतिसम्म हुदोरहेछ बाबू भन्दै धुरुधुरु रुनुहुन्छ ।आफ्नोे छोरोलाई खोजि गरिदिन अपिलकासाथ आमालाई अरु कुनै ठाउबाट पनि सहयोग नमिलेपछि अन्ततः मिडियामा आउनुभएको रहेछ ।हेर्नुस् भिडियो सामाग्रि:

२२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया