रोचक

यसरी लगाउनुहोस् कपालमा मेहेन्दी गाढा बस्नुका साथै सुन्दर देखिन्छ

काठमाडौँ । हरेक महिला राम्रो र आकर्षक देखिन चाहन्छन्। सुन्दरता कायम राख्न अनुहार मात्र सुन्दर भएर हुदैन स्वस्थ कपाल हुनु पनि उत्तिकै जरुरी हुन्छ। मानिसहरूले सुन्दर र चम्किलो कपाल प्राप्त गर्न कहिले कपाल काट्छन् त कहिले कपालमा मेहेन्दि वा रंग लगाउने गर्छन् । रंगले कपालमा आकर्षक लुक प्रदान गर्दछ।

कपालमा लगाउने मेहेन्दि वा रंग सजिलैसँग बजारमा उपलब्ध हुन्छ । कपालमा मेहेन्दि वा रंगको अधिक प्रयोगले कहिलेकाँही कपाललाई नोक्सान पुर्याउन सक्छ । कुनै मेहेन्दि वा रंगले कपाललाई हानी गर्दछ। यस समस्यालाई हटाउनका लागी केहि घरेलु तरिका अपनाउन सकिन्छ । यी उपाय अपनाए कपाल चमकदार बनाउन सक्छौं। यी घरमा पाइने वस्तुको साहायताले कपाल सुन्दर र चम्किलो बनाउन सकिन्छ ।

कपाललाई चमकदार बनाउन एक कप चम्चा कफी पाउडर, एक अण्डको पहेंलो भाग र हल्का तातो पानीमा मेहन्दीको पेस्ट बनाउनुहोस्। अब यो पेस्ट आफ्नो कपालमा लगाउनुहोस्। केही समय पछि, कपाल धुनुहोस्। कपाल गाढा खैरो बन्छ।कपाल फुलेको अर्थात सेतो छ भने, यस समस्याको समाधानको लागि, अमला र रीठालाई फलामको भाँडोमा भिजाउनुहोस्। यो मिक्स गर्नुहोस्। अब कपाल नुहाउने बेला यो मिश्रण लगाउनुहोस् । यो मिश्रण प्रयोग गरेमा कपाल कालो हुन थाल्छ।

कपालमा कुनै कलर दिनका लागि, रिठा र अमलालाई एक रात फलामको प्यानमा भिजाउनुहोस्। यसलाई बिहान उमालेर मेहन्दि, एक चम्चा कफी पाउडर, एक अण्डा थप्नुहोस्। अब यस मिश्रणलाई टाउकोमा लगाउनुहोस, यसले कपाल चम्किलो बनाउँदछ।

कागतीको रस निकालेर कपालमा लागाए कपालको रंग चम्किन्छ। यद्यपि यो लामो समयसम्म टिक्दैन, तर यसको प्रयोगले कपालको ड्राईनेस हटाउँछ ।मेहंदी कपाल रंगिन र लुक्सलाई सुन्दर राख्न धेरै उपयोगी छ। एक महिनामा कपालमा कम्तिमा एक पटक मेहेन्दि लगाउनुहोस्। यस कारणले, कपालमा कलरको साथ, कपालको रंग पनि सुधार हुन थाल्छ।

Related Articles

Back to top button
Close