बुधबार ०६ आश्विन २०७८

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल बाहेकका अन्य नेताहरुलाई एकतामा आउन आग्रह गरेका छन् । उनले आफ्नै पार्टी विरुद्ध लाग्ने र प्रतिकृयावादीहरुसंग मिलेर षडयन्त्र गर्ने नेताका पछि नलाग्न समेत उनले आवग्रह गरे । एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाललाई अब उनले एकताको आग्रह नगर्ने पनि संकेत गरे ।

अखिल नेपाल महिला संघको सचिवालय बैठकलाई जुम मार्फत सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, को हो पार्टी मलाई क्षमा दिने को हो कमिटी मलाई क्षमा दिने भन्ने जस्ता प्रतिकृयावादीहरुको पुच्छर भएर हिँडेर आन्दोलनलाई कमजोर पार्ने त्यस्तालाई अब मैले आश र विश्वास गरेको छैन । देश र पार्टीलाई माया गर्नेहरुलाई भन्न चाहन्छु सबैलाई माफी हुनेछ ।

उनले एमाले एक जनाले बनाएको पार्टी नभएर सबैको बलिदानीवाट बनेको भएकाले पार्टी हितमा लाग्ने सबै अटाउने पनि बताए । उनले बैठकमा सम्बोधन गर्दै भने, त्यस्ता ब्यक्तिको पछि नलाग्नुस् पार्टीले माफी दिन्छ सच्चिएर आउनुस् । सबै कार्यकर्तालाई गम्भिर हुन र पार्टीको पक्षमा उभिन आग्रह गर्दछु ।

उनले पार्टी र मुलुक गम्भिर मोडमा पुगीकसेका कारण पार्टी विरोधी सष्डयन्त्र र भुमरीवाट बाहिर आउन आग्रह गरे । उनले भने, देशले तपाईहरुलाई स्वागत गर्छ । कार्यकर्ताले स्वागत गर्छ । कोही पनि जनताको घृणाको पात्र भएर नबस्नुस् । यस्ता अ प रा धलाई कहिल्यै स्वीकार्य मान्दैन । उनले नेपाल र उनको समुहले गरेको कृयाकलाप लोकतन्त्र र राष्र्टियता प्रतिको घात हो भन्ने स्मरण गराउँदै बाटो विराएर गएकाहरुलाई पनि ,पार्टीमा समाहित हुने आग्रह गरे ।

उनले अहिले राजनीतिक मुख्य विषय भएकाले त्यसतर्फ ध्यान दिन महिला नेतालाई पनि सचेत गराए । पार्टीका बारेमा भएका गलत प्रचार र षडयन्त्र विरुद्ध लाग्न निर्देशन दिए ।

१२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया