समाचार

कोरोना भाइरसका संक्रमित बढे पछी यस्तो कडा नियम लागु गर्ने तयारी गर्दै सरकार

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका तीन जिल्लामा कोरोना भाइरसका संक्रमितको अवस्था बुझ्न स्वयंसेवी खटाउने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संक्रमितको अवस्था बुझ्न स्वयंसेवी खटाउने तयारी गरेको बताए ।‘उपत्यकाको हकमा को मान्छेको अवस्था कस्तो हो ? आईसीयूमा बस्नुपर्ने हो वा होइन अथवा कहाँ बस्नुपर्ने हो ? भन्ने अनुगमन गर्न खोजिरहेका छौं’ सचिव अर्यालले भने ।

सचिव अर्यालले कोरोना रोकथामका लागि केन्द्र सरकारको मात्र मुख नताक्न स्थानीय तहहरुलाई आग्रह गरेका छन् । स्रोतसहितको अधिकार स्थानीय तहमा रहेको भन्दै उनले स्थानीय तहबाट न्युनीकरणका लागि गर्नुपर्ने दायित्व पूरा गर्न भनेका छन् ।

Related Articles

Back to top button
Close